मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण प्रश्नावली

डिप्रेसन (उदासीनता)को  मापनः  पि एच क्यु ९ (Patient Health Questionnaire, PHQ-9)

 

गएको दुई हप्ताको अनुभवमा रहेर निम्न लिखित लक्षणहरूः ‘भएन, कहिलेकाहीँ भयो, वा धेरै भयो, वा सँधै भयो’ बताउनुहोस्।

Please enable JavaScript in your browser to complete this form.
नामः
१. तपाईं अन्य व्यक्तिहरू जति रमाउँछन्, त्यत्तिको रमाउन नसक्ने/खुसीहुन नसक्ने वा काम गर्न मन नलाग्ने कत्तिको भएको थियो?
२. तपाईलाई दिक्क लाग्ने, निरास हुने वा केहीगर्न सक्दिन जस्तो लाग्ने कत्तिको भएको थियो ?
३. तपाई राम्ररी सुत्न नसक्ने वा निन्द्रा मस्त नआउने वा अघिपछि भन्दा धेरै सुत्ने वा धेरै निन्द्रा लाग्ने कत्तिको भएको थियो?
४. तपाईलाई थकान महशुस हुने, शक्ति वा तागत कम हुने कत्तिको महशुस भएको थियो ?
५. तपाईंलाई खानाखान मन नलाग्ने वा रुचि नहुने वा अघिपछि भन्दा धेरै खान मन लाग्ने कत्तिको भएको थियो?
६. तपाई आफूले आफूलाई दोषी ठान्ने वा आफ्नो कारणले गर्दा आफू असफल भएको वा परिवार तल परेको कत्तिको महशुस गर्नु भएको थियो? (जस्तै आफ्नो कारणले गर्दा समुदायमा आफ्नो तथा आफ्नो परिवारको इंज्जत गुमेको महशुस गर्ने ।)
७. तपाईंलाई ध्यान केन्द्रित गर्न वा एक चित्त हुन वा एक सुरले काम गर्न गाह्रो हुने कत्तिको भएको थियो ? (जस्तैः पत्रपत्रिका पढ्न वा टी. भी. हेर्न, चामल केलाउन, पात गाँस्न, तरकारी पकाउन, घाँस काट्‌न, ध्यान दिएर कुनै पनि काम गर्न आदि।)
८. अरू व्यक्तिले पनि याद गर्ने गरी तपाई बिस्तारै बोल्ने वा हिड्ने गर्नुभएको अथवा छट्पट्टी भएर चाहिने भन्दा बढी हिंडडुल गर्ने कत्तिको गर्नुभएको थियो ?
९. तपाईलाई मरौं मरौं जस्तो लाग्ने, आफ्नो ज्यान आफै लिने वा आत्महत्या गर्ने खालका विचारहरू कत्तिको आयो?