मानसिक स्वास्थ्य मूल्याङ्कन 🧠
मानसिक स्वास्थ्य परीक्षण कहाँ गर्ने?
शारीरिक जस्तै मानसिक स्वास्थ्य अवस्थाको पनि आवश्यक महसुस हुँदा वा आफू सन्चो नै जस्तो लागे पनि परीक्षण गर्नु पर्दछ।
मानसिक स्वास्थ्य समस्या जो कोहीलाई पनि जुनसुकै बेला आउन सक्छन। मानसिक स्वास्थ्य समस्याले दैनिक कामधन्दा गर्न नसक्ने बनाउन सक्छन। समस्यालाई चाडै पहिचान गर्न सकेमा चाडै उपयुक्त उपचार लिन सजिलो हुन्छ।
विज्ञहरूले सिफारिस गरेका निम्न प्रश्नावलीले मानसिक भलाइ वा समस्या भइरहेको छ वा छैन भनेर थाह पाउन सहयोग गर्दछन।
-
- डब्लु एच ओ-५ कल्याण सूचकाङ्क (WHO-5 Well-being Index) ले मानसिक भलाइ राम्रो रहेको छ कि छैन भन्ने जान्न मद्दत गर्दछ।
-
- जि ए डि-७ (GAD-7) ले चिन्ताजन्य समस्या अर्थात एङ्जाइटि (Anxiety) छ कि छैन भनेर जान्न मद्दत गर्दछ।
-
- पि एच क्यु-९ (PHQ-9) ले उदासीपन समस्या अर्थात डिप्रेसन (Depression) छ कि छैन भनेर जान्न मद्दत गर्दछ।
यी प्रश्नावलीको माध्यामले गर्ने प्रारम्भिक परीक्षण हुन। थप परीक्षण गर्न र आवश्यक परामर्श वा औषधि उपचार सेवा लिन स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञलाई भेट्नुहोस वा सम्पर्क गर्नुहोस।
Learn more
मानसिक स्वास्थ्य समस्याका लक्षणः
निम्न मध्ये केही लक्षण लामो समयसम्म (करिब २ हप्ता सम्म) रहिरह्यो वा कठिनाई हुन थाल्यो भने मानसिक स्वास्थ्य समस्या हुन सक्छः
-
- विचारहरू – परिस्थितिजन्य उचित सोच विचार नहुने, नकारात्मक सोचाइ बढ्ने, मनमा धेरै कुरा खेल्ने, धेरै शंका गर्ने, आदि।
-
- अनुभूति – असामान्य तहमा डर चिन्ता, निराशा, दिक्दार, दुःखी वा खुशी महसुस हुने, आदि हुने।
-
- शारीरिक – भोक, निद्रा, दिसा पिसाब आदि जैविक क्रियामा अस्वभाविक परिवर्तन हुने, थकान, वा अन्य शारीरिक असहजता महसुस हुने, आदि ।
-
- व्यवहार – आफ्नो दैनिक काम गर्न असहज हुने, टोलाइरहने, छटपटी हुने, वा काममा ध्यान दिन नसक्ने। असामान्य व्यवहार गर्ने, एक्लै बस्न खोज्ने, हानिकारक पदार्थको सेवन गर्ने, वा कुनै हानि गर्ने व्यवहार देखाउने, आदि।
मानसिक स्वास्थ्य मूल्याङ्कन प्रक्रिया🧠

WHO-5 भलाइ सूचकाङ्क
डब्लु एच ओ-५ कल्याण सूचकाङ्क (WHO-5 Well-being Index) ले मानसिक भलाइ राम्रो रहेको छ कि छैन भन्ने जान्न मद्दत गर्दछ।

GAD-7 चिन्ता परीक्षण
जि ए डि-७ (GAD-7) ले चिन्ताजन्य समस्या अर्थात एङ्जाइटि (Anxiety) छ कि छैन भनेर जान्न मद्दत गर्दछ।

PHQ-9 डिप्रेसन परीक्षण
पि एच क्यु-९ (PHQ-9) ले उदासीपन समस्या अर्थात डिप्रेसन (Depression) छ कि छैन भनेर जान्न मद्दत गर्दछ।
स्वस्थ जीवनशैलीः
स्वास्थ्य प्रवर्द्धनमा स्वस्थ जीवनशैलीले सहयोग गर्दछ। यसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो राख्न मद्दत पुराउदछ। स्वस्थ जीवनशैली अन्तर्गत मुख्यतया निम्न कुराहरू पर्दछनः
-
- स्वस्थ / सन्तुलित आहार सेवन गर्ने,
-
- हानिकारक पदार्थको प्रयोग नगर्ने,
-
- उचित व्यायाम (जस्तै हिडडुल, योग, आदि) गर्ने,
-
- उचित काम गरेर व्यस्त रहने,
-
- आवश्यक मात्रामा आराम तथा निद्रा लिने,
-
- आफ्नो शरीर र मनको अवस्थालाई ख्याल गर्ने,
-
- आवश्यकता अनुसार सहायता लिने वा दिने,
-
- सम्बन्धित निकाय, आधिकारिक व्यक्ति, वा विज्ञबाट प्राप्त जानकारीमा मात्र भरोस गर्ने,
-
- अनधिकृत वा हल्लाका कुरामा विश्वास नगर्ने,
-
- असहज महसुस भएमा उचित प्राथमिक उपचार लिने, र समयमै स्वास्थ्य सेवा लिने।
